शुक्रबार, बैशाख ७, २०८१

कांग्रेसले वोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ जेठ १५, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी शनिबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संसोधनका विषयमा आधिकारिक धारणा तय गर्न १७ गते केन्द्रीय समितिको बैठक बोलााएको काँग्रेस मुख्यालयले जनाएको छ । शनिवरको बैठकमा मुलत सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावबारे संस्थागत निर्णय गर्ने कार्यसूची रहेको बुझिएको छ ।

यद्यपी यसअघि नै कांग्रेसले आफु प्रस्तावको पक्षमा रहेको जानकारी प्रधानमन्त्रीले केपी ओलीले केहि दिन अघि बोलाएको सर्वदलीय बैठकमा जानकारी गराउदै कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर नक्सा जारी गरेकोमा कांग्रेसले स्वागत एवमे सीमा विवाद कुटनीतिक तवरबाट समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै सत्तारुढलद नेकपाले काँग्रेसको निर्णय पछि संविधान संसोधन प्रस्ताव अघि बढाउने तयारी गरेको बुझिएकोछ ।

यसअघि मुलुकको नयाँ नक्साअनुसार निसान छाप परिवर्तन गर्न सरकारले शुक्रबार संसद्मा संशोधन विधेयक दर्ता गरेको थियो। विधेयक दर्ता भएको ५ दिनपछि संसदीय प्रक्रियामा अघि बढ्ने संसद् नियमावलीको व्यवस्थाअनुसार संसद् सचिवालयले उक्त विधेयक बुधबारको प्रतिनिधिसभामा अघि बढाउन कार्यसूची तयारी गरेपनि अन्तिम समयमा विधेयक उपर कुनै छलफल नै नगरी  कार्यसूचीबाट हटाईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु