शुक्रबार, चैत्र १६, २०८०

एकै दिन १० जना कोभिड संक्रमित भेटिएसंगै संक्रमितको सख्या ६९ पुग्यो

काठमाडौं बैशाख २१, नेपालमा कोभिड संक्रमितको संख्या ६९ पुगेको छ। आइतबारमात्र नेपालगञ्जमा एकै दिन ९ जना र   वीरगञ्ज वडा नं ३ छपकैयाका ३६    वर्षीय  १ पुरुषमा  कोरोना संक्रमण भेटिएको पुष्टि भए संगै संक्रमितको सख्या ६९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको प्रेस बिफ्रिङमा नेपालगञ्ज र वीरगञ्जमा गरि १० जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।  त्यस्तै उहाँले नेपालगञ्जका भेटिएको ९ जना संक्रमितमा पाँच जना पुरुष र चार जना महिला रहेको र संक्रमितहरु ७ देखि ५८ वर्ष उमेरका रहेको जानकारी दिनुको अलावा यस मध्ये १६ जना अपचारपछि घर फर्केको बताउनु भएको छ ।

त्यस्तै उहाँले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी कोभिड परीक्षण गरिएको बताउदै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण गरिएको जानकारी दिदै सात प्रदेश मध्ये कर्णालीबाहेक छ वटा प्रदेशमा सङ्क्रमित फेला परेका बताउनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.21

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.21#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Sonntag, 3. Mai 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।