बिहिबार, बैशाख १३, २०८१

उपत्यका भित्रिने सवारी र मानिसको अवस्था बुझ्न महानगरकी उपप्रमुख नागढुङ्गामा

  • शरण डंगोल

काठमाडौं बैशाख २४ , मुलुकमा जारी लकडानका वावजुद पनि नागढुङ्गाहुँदै रातारात मान्छे काठमाडौं उपत्यका भित्रिने सवारी साधन आवागमन बढेको पक्ष प्रति सरोकार वाला निकायको ध्यानाकर्षण भएको छ ।

यसैक्रममा जानकारी लिन काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज काठमाडौं र धादिङ् जिल्लाको सिमाना खत्रीपौवा पुग्नुभएको छ । काठमाडौंबाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु आउन थालेको खवर बाहिरिन थालेपछि वास्तवीक अवस्थाको जानकारी लिन उहाँ नागढुङ्गा पुग्नुभएको हो ।

त्यस क्रममा उहाँले नागढुङ्गा र खत्री चोक दुवै ठाउँमा बसेर सवारी साधन भित्रिने गति, भित्र आउने सवारीको प्रयोजन, सवारी र सवारीमा आउने व्यक्तिको अभिलेख राख्ने तौर तरिका विषयमा जानकारी लिदै मास्क नलगाई सवारी चलाउने चालकलाई मास्क समेत वितरण  गर्नुभएको थियो । यस्तै कार्यक्षेत्रमा रहेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, शशस्त्र   र नेपाली सेनाका सुरक्षाकर्मीसँग कुराकानी गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।