शुक्रबार, बैशाख ७, २०८१

उच्चस्तरीय समितिको बैठक: जारी लकडाउनको निरन्तरता , समयसिमाको निर्धारण मन्त्रिपरिषद् बैठकबाट

काठमाडौं बैशाख २३,  कोभिड संक्रमणको रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले जारी लकडाउन लाइ निरन्तरताका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मुलुकमा कोभिड १९- का संक्रमण दिनानुदिन बढ्दो अवस्थामा रहेका कारण तत्काल जारी लकडाउनको विषयमा हतारमा निर्णय गर्दै फुर्सदमा पश्चाताप गर्नु भन्दा लकडाउनलाइ निरन्तरता दिनुको विकल्प नभएको ठहर बैठकले गरेको छ । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । हालसम्म ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएका छन भने १६ जना उपचार पछि घस फर्केका छन । त्यस्तै  ६६ जना उपचारको क्रममा रहेका छन ।

मुलुकमा कोभिड संक्रमण बाट एजना पनि नागरिकको मृत्यु नहोस भन्दै यसको रोकथामका लागि आवश्यक सम्पूर्ण नितिलाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल गर्दै आजको बैठकले  सुझाव सहित नितिगत  गरेको  निर्णय   सरकारलाइ सिफारिस गरेको बैठकपछि समितिका सदस्य सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन ।

सचिव विडारीका अनुसार लकडाउनको विषयमा समितिको सुझाव सहितकोनिर्णय उपर मन्त्रिपरिषद बैठकले थप छलफल गरेर निर्णय गर्ने बताए । बुधवार बस्ने मन्त्रीपरिषदको बैठकले समितिको सुझाव अनुरुप नयाँ मोडालिटीमा जारी लकडाउनलाइ रुपान्तरण गर्छ वा जारी लकडाउनलाइ नै थप कडाइ गर्छ त्यो भने प्रतिक्षाको विषय भएको छ । यद्यपी बैठकले अहिलेसम्म संक्रमण रोकन सरकारले अख्तियार गरेको नीतिबाट अपेक्षित सफलता प्राप्त भएको सङ्क्रमणलाई रोक्ने र शून्यमा झार्न सवैको प्रयास आवश्यक भएको समेत बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु