शुक्रबार, चैत्र १६, २०८०

आयोगले भन्यो – एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता रोक्ने काम नगरौं

काठमाडौं जेठ १० राष्ट्रिय मानव अधिकार आयोगले ६० वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अतिअशक्त अपाङ्गता भएका व्यक्तिले विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षाभत्ता नरोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।  आयोगका सचिव वेदप्रसाद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि औषधि तथा स्वास्थ्य र शारीरिक उपकरणको उपलब्धताको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइएको हो ।
त्यस्तै जारी विज्ञप्तिमा मुलुकमा कोभिड संक्रमणका कारण जारी लकडाउनका कारण विभिन्न समस्याबाट प्रताडित सवै किसिमका नागरिकका लागि सरकारबाट राहतलगायत सामाजिक सुरक्षाका थप कार्यक्रम घोषणा भई कार्यान्वयन हुनुपर्ने अवस्थाको विपरित विगतदेखि दिदै आएको सामाजिक सुरक्षाभत्ता समेतबाट एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई विमुख गराउँनु किमार्थ न्यायेचित नभएको उल्लेख गरिएकोछ ।

त्यस्तै यसवीचमा अपाङ्गता भएका व्यक्तिलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्तश्रवण भएका व्यक्तिलाई राहत तथा सूचना प्राप्त गर्न र बैंकिङ सेवा प्राप्त गर्न कठिनाइ भएकाले आधारभूत मानव अधिकारको उपभोग गर्न समेतबाट वञ्चित हुँदै आएको परिपेक्षमा सरकारको प्रस्तुत निर्णय विभेदजन्य व्यवहार भएको जिकिर गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।