शुक्रबार, चैत्र १६, २०८०

आयोगले भन्यो-अमानवीय तथा आपराधिक घटनाका दोषीलाई कानूनी कारवाही गर

काठमाडौ जेठ १३,  राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ ।

आयोगका सचिव एवम प्रवक्ता वेद भट्टराइद्दरा आज जारी विज्ञप्तिमा जातीय विभेदको पराकाष्ठाका रूपमा देखिएको प्रस्तुत घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अन्य ३ जनाको स्थिति अज्ञात रहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दैअमानवीय घटनाको सूक्ष्म र निष्पक्ष छानविन तथा अनुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी दायरामा ल्याई कारवाही गर्न सरकारलाई आग्रह गरेको हो ।

त्यस्तै विज्ञप्तिमा सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि विपरीत देशका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय विभेदको घटनाप्रति शून्यसहनशीलता कायम गरी सबै घटनाको सूक्ष्म र निष्पक्ष अनुसन्धान गरी शीघ्र कानूनी कारवाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।