बुधबार, बैशाख १२, २०८१

आफ्नो घर आश्रमलाई लायन्स क्लव अफ काठमाडौं टेम्पलको राहत

-राम चन्द्र प्रजापति-

भक्तपुर बैशाख १९ ,महामारीको रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ३९ औं दिन व्यतित भएको छ ।

बढ्दो लकडाउनसंगै दैनिक रोजी रोटीका लागि सिर्जना भएको असहज परिस्थितीलाइ दृष्टिगत गर्दै लायन्स क्लव ३२५ बी–१ अन्र्तगत रहेको काठमाडौं टेम्पलले सुर्यबिनायक नगरपालिका–८ सिपाडोल, डोलेश्वरस्थित आफ्नो घर आश्रमलाई राहत प्रदान गरेको हो ।

करिब ४ दर्जन भन्दा बढि सहयोगापेक्षी आश्रित उक्त आश्रमलाइ क्लबले २५० के जि चामल, १५ के जि दाल, चिनी १५ केजी, तेल १० लि, बिस्कुट ४ दर्जन र फलफूल प्रदान गरिएको डोलेश्वर समितिका सदस्य कविराम थापाले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।