शुक्रबार, चैत्र १६, २०८०

आज १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस औपचारिकतामा सिमित

काठमाडौँ बैशाख १९, आज १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । विगतका वर्षमा सम्पूर्ण श्रमिकको हकाधिकार लागि विभिन्न कार्यक्रम सहित मनाइथ्यो । तर वर्ष २०७७को अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै गर्दा विश्वव्यापी कोभिड महामारीको जोखिमका जारी लकडाउनका कारण त्यस्तो कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

यद्यपी सन् १८८६ अमेरिकाबाट ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।  त्यस्तै अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी ओलीले नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्थामा अफठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद भएको बताएका छन् । त्यस्तै विभिन्न दकाल शिर्ष नेतृत्वले पनि शुभकामना दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।