शनिबार, बैशाख ८, २०८१

आज मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौ जेठ १८, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यत बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुनेक्रम समेत सुरु भइसकेको अवस्था छ ।

पश्चिमी वायु , स्थानीय वायु र निम्न चापीय रेखाको प्रभावका कारण मौसम मा उतारचढाव आएको जनाउदै महाशाखाले आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना औल्याएको हो ।

साथै महाशाखाले पूर्वका केही स्थानसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना समेत औल्याएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।