शुक्रबार, बैशाख ७, २०८१

अध्यावधिक नक्सा अनुरुप मौजुदा संविधान संशोधन गर्न प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौ जेठ १८, आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद सचिवाल स्रोतका अनुसार आजको बैठकमा पछिल्लो पटक  सरकारले सार्वजनिक गरेको नेपालको अध्यावधिक नक्सा अनुरुपका निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव माथि औपचारिक छलफल हुने बुझिएको छ ।  आज ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेर नेपालको अद्यावधिक नक्सामा भएको भूभाग अनुरुपको नेपालको निसान छाप बनाउनका लागि मौजुदा संविधान संशोधन गर्न सरकारले प्रस्ताव अघिसार्दै सर्वसम्मत रुपमा प्रस्तुत प्रस्ताव पारितमा सहयोग गर्न सरकारले सबै दलसँग आग्रह गरेको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलले प्रस्तावलाई समर्थन गर्ने जनाइसकेका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपालको भूमि क्षेत्र जुन यसअघि छिमेकी मुलुक भारतले अतिक्रमित गर्दै आएको भूमि सहितको नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याइएको छ । यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा राख्न संविधान संशोधन हुन लागेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु