बिहिबार, बैशाख १३, २०८१

अझै एकसाता उतारचढाव सहित वर्षा र बदलीको मौसम

काठमाडौं बैशाख २३, जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले बर्ष बदली संगै मौसममा थप उतारचढावको अवस्था सिर्जना भएको जनाएको छ ।

त्यस्तै महाशाखाले मौसमा हुँदै आएको उतारचढावको क्रमले अझै केही दिन निरन्तरता पाउने जनाउदै पछिल्लो समय देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको जनाउनुको अलावा अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा हुने क्रमले निरन्तरता  पाउदै आएको जनाएको हो । साथै मौसममा हुँदैआएको उतारचढावमा  एक सातापछि मात्र सुधार हुने महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।