आइतवार, अशोज ३, २०७८

४६ जिल्लामा कोभिड संक्रमणको प्रभाव, आज एकै दिन थपिए ११४ कोरोना संक्रमित

काठमाडौ जेठ १४ ,नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ सय ८६ पुगेको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित मिडिया विफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मुलुकको ४६ जिल्लामा कोभिड  संक्रमण प्रभावित रहेको जनाउदै आजमात्रै विभिन्न जिल्लाका थप ११४ जनामा संक्रमण देखिएको जानकारी दिनु भएको हो । यद्यपी संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीम रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये १८३ जना उपचार पछि डिस्चार्ज भएका छन ।त्यस्तै देशभरीका आइसोलेसनमा ६ सय ९९ जना संक्रमित रहेका छन् । जसअनुसार प्रदेश नम्बर १ मा ७३, प्रदेश नम्बर २ मा २ सय २६, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा ११ आइसोलेसनमा उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय २५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना उपचाररत रहेका छन ।

यस्तै गरी प्रदेश नम्बर १ मा १ हजार ८ सय ६८, प्रदेश नम्बर २ मा १२ हजार १ सय ८३, बागमती प्रदेशमा १ हजार ३ सय ९८ र गण्डकी प्रदेशमा १ हजार ९ सय ३० जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २६ हजार ७ सय २९, कर्णाली प्रदेशमा ९ हजार ६ सय ९ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ५ सय ८८ गरी देशभरी ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु