आइतवार, अशोज १०, २०७८

सांसद तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ, आज थप ६३ सांसदको स्वाब सङ्कलन

काठमाडौ बैशाख २६, दुवै सदनका सदस्य एवम् कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको विहिवार गरिएको स्वाब संकलन गरि गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

संसद् सचिवालयका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण संकलन गरिएको सवै सासंद तथा कर्मचारीके गे रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको संसद सचिवालयले जनाएको छ । कोभिड संक्रमणको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गरिएको थियो ।

यसैवीच आज थप ६३ सांसदको स्वाब सङ्कलन गरिएको छ । आज संसदभवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना सङ्कलन गरिएको हो ।

यसअघि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ । सांसद तथा कर्मचारीमा कोभिड–१९ भए/नभएको निक्र्योल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु