मङ्लबार, मंसिर २१, २०७८

रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्ड : पिडित पक्षबाट वडाध्यक्ष मल्ल सहित २० जनाविरुद्ध किटानी जाहेरी

काठमाडौ जेठ १४, पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटना पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । परिवारले वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ललगायतका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता गराएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै दलित अधिकारकर्मीले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग सहित विरोधका कार्य म समेत सुरु गरेका छन ।

पीडितको माग अनुसार प्रशासनले बेपत्ता३ जनाको खोजीको क्रममा भेरी नगरपालिका ११ का १८ वर्षिय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको जनाउदैलोकन्द्रको शव चौरजहारी १ स्थित चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको बताईएकेछ । त्यस्तै गोविन्द शाही, वडानम्बर चारका सन्दीप विक अझै बेपत्ता रहेको प्राप्त समाचारमा उल्ल्ेख गरिएकेछ । साथै खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न रहेको थाहा भएकेछ ।

त्यस्तै प्रशासनले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएको र चौरजहारी नगरपालिका–८ टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढाको परीक्षणको क्रममा रहेको बताईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु