आइतवार, अशोज १०, २०७८

मुस्लिम समूदायले आज आफ्नो महत्वपूर्ण पर्व इद उल फित्र मनाउँदै

इद उल फित्रले सबै नेपालीको आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने राष्ट्रपतिको विस्वास

काठमाडौ जेठ १२, आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी , मुस्लिम समूदायले आज आफ्नो महत्वपूर्ण पर्व इद उल फित्र मनाउँदैछ । यो पर्व एकमहिने रमादान पर्वअर्थात [रोजा] ब्रत पूरा भएको खुसियालीमा मनाउँने गरिन्छ । आजको दिन एक आपसमा खुसियाली साट्दै आर्थिक क्षमता भएका मुसलमानले आफ्नो कमाइको साढे दुई प्रतिशत रकम गरिब, असहाय र दीनदुःखीलाई बाँड्नुपर्ने व्यवस्था रहिआएको छ । सरकारले इद उल् फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

त्यस्तै आजको सदिन सम्वद्ध समुदायले आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने प्रचलन रहिआएको छ । तर यस वर्ष कोभिड संक्रमणका बाट जोगिन जारी लकडाउनका कारण मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदैछन् ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उहाँले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा आज शुभकामना व्यक्त गर्नु भएको छ ।

यसैवीच मसलमान समुदायको महानपर्व इद उल फित्रको अवसरमा शुभकामना दिँदै  बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश नेपालमा यस्ता पर्व र विशेषता यहाँ मौलिक पूँजीका रूपमा रहेको बताउँनु भएको छ । साथै उहाँले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गर्नुभएको छ ।

साथै नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रभानमन्त्री शेरबहादुर देउवा, नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटा लगायतले पनि शुभकामना  व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु