आइतवार, अशोज ३, २०७८

पूर्वराजाको तस्वीर अङ्कित नोटलाई चलनचल्तीमा नपठाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं जेड ११ , नेपाल राष्ट्र बैंकले सफा नोट नीति २०७३ लाई संशोधन गर्दै आज जारी ९ बुँदे निर्देशनमा नोट भुक्तानी गर्नुपूर्व कीटाणु र भाइरसरहित बनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।  त्यस्तै राष्ट्र बैंकले निश्चित प्रक्रिया अपनाएर नोटलाई भाइरसरहित बनाउन निर्देशन दिएको हो । नोट ओसारपसार गर्ने बाक्सा र ठाउँ पनि सफा राख्न समेत भनेको छ ।

साथै निर्देशमा झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अङ्क, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको, लेखिएको, कोरिएको र मेटिएको च्यातिएको वा पूर्वराजाको तस्वीर अङ्कितको नोटलाई निष्कासन अयोग्य नोटको रुपमा निष्कासन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन

नोटमा स्टिचको प्रयोग नगर्न र रबर तथा पेपर ब्यान्ड प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै एटीएम मेसिनलगायतका माध्यमबाट बजारमा पठाउन सकिने नोटमा हरियो रङ्गको स्लिप प्रयोग गर्न र अयोग्य नोटमा रातो रङ्गको स्लिप प्रयोग गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु