शनिबार, अशोज ३, २०७७

पश्चिमी र स्थानीय वायुको प्रभाव: अझै ३ दिन देशभर मेघगर्जन सहितको वर्षाको सम्भावना

काठमाडौं जेठ १६ , मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायमनै रहेका कारण अझै ३ दिन देशभर बदलीसँगै वर्षाको सम्भावना औल्याएकोछ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको जनाउँदै यसको प्रभाव अनुरुप आज काठमाडौँ उपत्यकामा बिहानै मेघगर्जन सहितको वर्षा भएको भएको जनाएको छ ।

त्यस्तै महाशाखाले जारी मौसमी प्रणाली अझै विकसित हुने क्रममै रहेकाले आगामी ३ दिन देशभर वर्षाको सम्भावना औलउाद्यै दिउँसो देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेका कारण सर्तक रहन समेत आग्रह गरेको छ ।

साथै महाशाखाले शनिबार देशको पूर्वी र पश्चिमी भूभागलगायत मध्य पहाडी भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहनुको अलावा आइतबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही पहाडी भूभागका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना औँल्याएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.४ डिग्री र अधिकतम तापक्रम २८.४ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु