बुधबार, मंसिर १५, २०७८

पतिको दिर्घायुको कामना सहित आज वटसावित्री व्रत मनाईदै

काठमाडौं जेठ ९, आज ज्येष्ठ कृष्ण औशी अर्थात वत सावित्री पूजा ।आजको दिन विवाहित हिन्दु महिलाहरुले  आफ्नो  श्रीमानको दिर्घायूको कामना गर्दै वरको रुखको तल  बसेर सावित्री, सत्यवान र यमराजको विशेष पूजा गर्दै यो व्रत मनाउँने गरिन्छ । त्यस्तै सन्तान नभएका विवाहित दम्पतिले सन्तानको कामना सहित यो व्रत गर्दा सन्तान प्राप्त हुँने विस्वास रहि आएको छ ।

त्यस्तै नवविवाहिताले पहिलो पटक व्रत बस्दा दिनभर उपवासमा बस्ने गर्छन् । त्यस्तै आजको दिन धार्मिक दस्तावेजमा वर्णन भएअनुसार पतिव्रता सावित्री नामको महिलाले प्राण् पखेरु उडिसकेका आफ्नो श्रीमान सत्यवानको यमराज सङग अनेकन तर्क वितर्क गर्दै जिवन फिर्ता गरेको प्रसङग जोडिएको छ । धार्मिक आख्यान अनुसार यमराजले सत्यवानको प्राण हरण गर्दै जान लाग्दा उनकी श्रीमती सावित्रीले यमराजको पछिपछि आउँन थाले पछि यमराजले पटक पटक सावित्रीलाई आफ्नो पछि नआउँन भन्दा पनि सावित्री मानिनन । त्यस्तै सावित्रिको यो हरकतबाट अवाक भएका यमराजले उनलाई रोक्नका लागि तीनवटा वरदान दिन बाध्य भए ।

यसरी यमराजसङग वरदान माग्ने क्रममा सावित्रीले पहिलो वरदान एकसय पुत्रको आमा बन्न पाउँ भन्ने वरदान माग गर्दा यमराजले तथास्तु भन्दै वरदान दिए । तर यो वीचमानै सावित्रीले हे यमराज म पतिव्रता नारी हँु यस अर्थमा पनि विना पति हजुरले दिएको वरदान पूरागर्न मिल्दैन मलाई यसको लागि पति अर्थात श्रीमानको जरुरी हुँन्छ तर हजुरले मेरो श्रीमानको प्राण हरण गर्नु भएको अवस्थामा वरदान आफैमा मिथ्या हुँने भो भनेर भन्दा यमराजले आफुले दिएको वरदान पूरा गर्नका लागि पनि सावित्रीलाई श्रीमान प्राप्तिको वरदान दिएको प्रङग उल्लेख छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु