शनिबार, अशोज ३०, २०७८

कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या दुई , मुलुकको ७७ जिल्ला मध्ये २८ जिल्ला सङ्क्रमण प्रभावित

निजी तथा सामुदायिक अस्पतालबाट समेत आरडिटी विधिबाट परीक्षण गर्दै परीक्ष.णको दायरा फराकिलो बनाउदै लैजान मन्त्रालयले स्वास्थ्य स्वास्थ्य परीक्षणका लागि निर्देशिका जारी

काठमाडौं जेठ ४ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको मडिया बिफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड १९को संक्रमणबाट बाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको जानकारी दिनुभएकोछ । शनिवार सिन्धुपाञ्चोककी २९ वर्षीया महिला र गत वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा आज बाँकेका २५ वर्षीय पुरुषको मृत्यु भएसँगै कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको जानकारीदिनुभएको हो ।

त्यस्तैउहाँले मुलुकमा हालसम्म २८ हजार १६० जना कोभिडका सङ्क्रमितको पिसिआर विधिबाट र आरडिटी विधिबाट ६७ हजार ७६९ जनामा परीक्षण गरिएको जानकारी दिदै पछिल्लो २४ घण्टामा १ हजार ४६९ पिसिआर विधिबाट र आरडिटी विधिबाट दुई हजार २० परीक्षण भएको जानकारी दिनुभएको छ ।  प्रवक्ता देकोटाका अनुसार पछिल्लो समय मुलुकको ७७ जिल्ला मध्ये २८ जिल्लामा सङ्क्रमण फैलिएको जानकारी दिदै सङ्क्रमितको सख्या पछिल्ला दिनमा ह्वात्तै बढेको बताउदै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १८ हजार ३५७ र आइसोलेशनमा ३४६ रहेका छन् । यीमध्ये उपत्यकाभित्र ३५ र उपत्यकाबाहिर ३११ रहेको जानकारीदिनुएकोछ ।

साथै मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिर्नेगरी कतिपय स्वयम्सेवकले गतिविधि गरेकामा निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कोभिडको नियन्त्रण र उपचारमा खटिएका चिकित्सकमाथि त्यस किसिमका घटना भएको भन्दै त्यस्ता व्यवहार नदोहो¥याउन मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्तै प्रवक्ता देवकोटाले अवका दिनमा निजी तथा सामुदायिक अस्पतालबाट समेत आरडिटी विधिबाट परीक्षण गर्दै परीक्षणको दायरा फराकिलो बनाउदै लैजान मन्त्रालयले स्वास्थ्य स्वास्थ्य परीक्षणका लागि निर्देशिका जारी गरेको जानकारी दिदै अस्पतालले आरडिटी परीक्षणका लागि उपत्यकाभित्र स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालले सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने बताउनुभयो।

गोङगबु, माछापोखरीलगायत क्षेत्रबाट १५० को पिसिआर र २५० को को आरडिटी विधिबाट परीक्षण गर्ने तयारी भएको जानारीदिनुभयो । सङ्क्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि घर फर्केको जानकारीदिनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु