आइतवार, अशोज ३, २०७८

कोभिड पोजेटिभ भेटिएसंगै बूढानीलकण्ठ नपाको १०, ११ र १२ वडा सिल गर्ने तयारी

काठमाडौं जेठ ५ , बूढानीलकण्ठ नगरपालिका अन्र्तगत रहेको वडा न – १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका ३ वटा वडा सिल गर्ने तयारी गरिएको छ ।

वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने गरि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कपनमा फर्निचर व्यवसाय गर्दै आएका सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वडा सिल गर्ने तयारी भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शङ्कास्पद ७ जनामा गरिएको परीक्षणमा १ जनामा सङ्क्रमण देखिएको छ भने ३ जनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ त्यस्तै बाँकी ३ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाउदै पिसिआर परीक्षणमा कोभिड पोजेटिभ भएकी युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु