शनिबार, जेष्ठ २९, २०७८

काठमाडौ उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौं बैशाख ३० ,  सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोक्ने सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो ।  ट्राफिक प्रहरीको तथ्यांकअनुसार उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन्। ती सवारीमा कम्तीमा पनि तीन/तीनजना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या ३ हजार पुग्छ।

एकजना चालक, सहचालक र सहयोगी भनेर तीनजना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ। तर सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार छैन।

सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए। उनका अनुसार सरकारले उनीहरूलाई खानेबस्ने र फर्कने नियम नतोकिदिँदा कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल परेको छ। थानकोट नाकामा उनीहरूलाई कडाइ गरेरे सबैखाले रेकर्ड प्रहरीले राखेको छ। तर त्यतिले मात्रै पर्याप्त देखिँदैन।

कतिपय मालवाहक सवारी उपत्यका प्रवेश गरेको दुईरतीन दिनपछि मात्रै बाहिरिने गरेका छन्। त्यसबीचमा उनीहरू कहाँ बस्छन् र कहाँ खान्छन् भन्ने अवस्थाबारे सरकारी निकायले चुस्त रेकर्ड राख्न सकेका छैनन्। अत्यावश्यक सामान बोकेका मालवाहक गाडी रोक्ने कुरा भएन तर उनीहरू भारतबाट आउने भएकाले बढी सचेत हुनु आवश्यक छ,’ उनले भने। उनका अनुसार यसका लागि प्रहरी एक्लैले मात्रै सक्दैन।

सरकारले ठाउँठाउँमा चालकलाई खानेबस्ने व्यवस्था मिलाइदिनुपर्छ। उपत्यकामा सामान झारिसकेर उनीहरु बस्ने ठाउँको रेकर्ड पनि राख्नु आवश्यक छ। ‘प्रहरीले रेडर्क राखेको छ तर उनीहरुलाई कम्तीमा खानेबस्ने व्यवस्था मिलाइदिएको भए जोखिम महसुस हुने थिएन,’ एसएसपी ज्ञवालीले भने।

पाँच दिनअघि उपत्यकामा जथाभावी सवारीसाधन प्रवेश गरेपछि गृह मन्त्रालयकै कर्मचारीहरू परिचालन गरेर ती सवारीलाई फर्काइएको थियो। त्यसयता प्रहरीले उपत्यका छिर्ने नाकाहरूमा थप कडाइँ गरेको छ। तर भिआइपी चढेर आएर गाडि र मालवाहक सवारीकै कारण उपत्यका कोरोना सर्ने हो कि भन्ने त्रास फैलिएको ललितपुरका सहायक प्रजिअ खिमराज भुसालले बताए। उनका अनुसार नाकाहरूमा कडाइ गरिए पनि उपत्यकामा भिआइपी र मालवाहक सवारीसाधन प्रवेश गरिरहेका छन्। यसकारण पनि उपत्यकामा संक्रमण फैलने त्रास देखिन्छ। ‘सबैभन्दा उच्च जोखिम भारतबाटै सामान बोकेर उपत्यका प्रवेश गर्ने सवारीबाट देखिन्छ, यसबारे ठोस उपाय निकालेर कार्यान्वयन गर्न आवश्यक छ,’ उनले भने। – नागरिक दैनिकबाट

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु