शनिबार, बैशाख ८, २०८१

थर्मल गनका कालाबजारी अग्रवाल काठमाडौं जिल्ला अदालतमा , बयान जारी

काठमाडौं बैशाख १७ , थर्मल गनको कालोबजारीका आरोपमा पक्राउ परेका कीर्गिस्तानका अवैतानिक दूत समेत रहेको व्यवसायी सुलभ अग्रवाललाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परिसर, टेकुले मंगलवार अग्रवालविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलमा बुझाएसंगै जिल्ला सरकारी वकिलको कार्यालयले बयानका लागि अदालतमा पेश गरेको हो ।

प्राप्त जानकारी अनुसार अग्रवाललाई डेढ वर्ष कैद गरी १५ लाख रुपियाँ जरिवाना माग गर्दै पेश गरिएको मुद्धाको सवालमा अग्रवालको अदालतमा अहिले अग्रवालको बयान जारी रहेको र बयान सकिएलगत्तै थुनछेक बहस हुने बताईएको छ । त्यसपछि अग्रवाललाइ धरौटीमा रिहा हुने या कारागार चलान गर्ने विषयको टुंगो लाग्ने बताईएको छ । त्यस्तै यसअघि अग्रवालको कालोबजारी प्रकरणको मुद्दा काठमाडौं जिल्ला प्रशासन कार्यालयले हेरिरहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।