शुक्रबार, बैशाख ७, २०८१

समाजवादी पार्टीको तर्फबाट सांसदद्वय बस्नेत,श्रेष्ठ तथा पूर्वप्रहरी आईजीपी खनालविरुद्ध अपहरणको मुद्दा दर्ता गरिदै

काठमाडौं बैशाख १४ , तत्कालीन समाजवादी पार्टीका सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरणमा संलग्नलाई कारबाहीको माग गर्दै महानगरीय प्रहरी परिसर उजुरी दर्ताका लागि नवगठित जनता समाजवादी पार्टी नेता वावराम भट्टराइ, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेतागण महानगरीय प्रहरी परिसर पुगेका छन् ।

सत्तारुढनेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी आईजीपी सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर पुगेको हो ।

नेकपाका सांसदद्वय  र पूर्व प्रहरी प्रमुखले गत बुधबार सांसद यादवलाई महोत्तरीबाट काठमाडौँ ल्याउँदै बुधबार राति राजधानीस्थित मेरियट होटलमा राखिएको थियो ।तर बिहीबार बिहान मर्निङ्गवाकको वहानामा उनी उक्त होटलबाट उँिकएका थिए । समाजवादी पार्टीले उनको अपहरण भएको बताउँदै आएको छ भने आरोपित नेताहरुले डा यादवलाइ सहमति मै काठमाडौं ल्याइएको दावी गर्दै आएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031