शुक्रबार, बैशाख ७, २०८१

सञ्चारकर्मीहरुको -यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन महासंघको माग

काठमाडौं बैशाख ११, नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मीहरुको कोरोना परीक्षण गर्न माग गरेको छ।

महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई समेत प्रभावित पारिरहेको सन्दर्भमा आम सञ्चारकर्मीहरुले उच्च जोखिमका बीच जनतालाई सुसुचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको -यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन महासंघले सरकारसँग माग गरेको हो।

त्यस्तै कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारहरुलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रा।लि।, एभिन्युज टेलिभिजन, राजधानी दैनिक तथा अन्नपूर्ण मिडिया ग्रुपसहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै महासंघले बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानीका लागि समेत आग्रह गरेको छ ।

त्यस्तै ििवज्ञप्तिमा श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा समिति गठन गर्ने निर्णय गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031