शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस प्रवक्ता शर्माले भने – सरकार बेमौसमी बाजा नबजाऔं !

काठमाडौं बैशाख ८, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोेरोना भाइरस संक्रमणको महामारीका बेला सरकारलाई बेमौसमी बाजा नबजाउन आग्रह दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि ट्विट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन भनेका छन ।

त्यस्तै प्रवक्ता शर्माले ट्विट संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको बताउद्यै अहिले सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि हुनुपर्ने बताउनुभएको छ ।

यस्तो छ प्रवक्ता शर्माको ट्विट : बेमौसमी बाजा´ नबजाऔं !

संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो l नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् ! गौण रहनुपर्छ l हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ!

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।