शुक्रबार, बैशाख १४, २०८१

फागुन र चैतको विद्युत् महसुल जेठ ७ गतेसम्म भुक्तानी गर्दा पनि कुनै विलम्व शुल्क नलाग्ने : प्राधिकरण

काठमाडौ बैशाख ७, नेपाल विद्युत प्राधिकरणले फागुन र चैतको विद्युत् महसुल आगामी जेठ ७ गतेसम्म तिरे कुनै पनि प्रकारको जरिवाना नलाग्ने जनाएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार, कोभिड संक्रमणको जोखिम न्यूनिकरणको लागि मुलकमा लकडाउन आदेश जारी रहेका कारण फागुन र चैत महिनाको महसुल वैशाखभित्र वा बढीमा आगामी जेठ ७ गतेसम्म तिरेमा जरिवाना छुट दिने निर्णय गरेको हो ।

त्यस्तै प्राधिकरणले पछिल्लो समय घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न नसकिरहेका र यसवीचमा अनलाइन सेवा प्रदायकमार्फत अभिल्लो महिनाको अनुपातमा भुक्तानी गर्न पनि सक्ने र यसरी भुक्तानी गरेको रकम कम वा वढि भए पछि समायोजन गरिने  जनाएको छ ।

त्यस्तै  जानकारी दिदै मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले ग्रार्हस्थ (सामुदायिकसमेत) वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत र यही वैशाखको बिलको इनर्जी शुल्क (न्यूनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैत महिनाको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा बिलमा नै मिलाउनेछ भने बिल तिरिसकेका ग्राहकको हकमा वैशाखको बिलमा मिलान गरिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।