बुधबार, बैशाख १२, २०८१

डिस्चार्ज भएकी युवतीको आरोग्यताको कामनासहित चिकित्सक टोलीलाई प्र.म.ओलीको बधाई

काठमाडौ बैशाख ६ , गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ बर्षीया एक युवती कोभिड संक्रमणको उपचार पछि पूर्णरुपमा स्वस्थ्य हुँदै आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

ती युवती डिस्चार्ज भएसंगै  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ ।

आज प्रम ओलीले ट्वीट गर्दै कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैमा बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्किएकी हुन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।