सोमवार, कार्तिक १०, २०७७

काँग्रेसले भन्यो – जोखिम सामना गर्न सामग्री, दक्षता र गति बढाऔं । ‘घुम्ती परिक्षण शिविर’ शुरु गरौं !

काठमाडौं बैशाख ३ नेपाली काँग्रेसले मुलुकमा कोभिड- १९को जोखिम र संक्रमण बढेको स्थिति दृष्टिगत गरेर सरकारले लक डाउनको समयावधि थप गर्नुलाई हामीले स्वभाविक रूपमा लिएको जनाएको छ ।  साथै यसवीचमा कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्ने तर्फ हेक्का नराख्न हो भने लक डाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न नसकिने पक्षमा सरकारको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गर्नु भएको विज्ञप्ति मार्फत लक डाउनका बावजुद कयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिंदै, थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन सरकार समक्ष अपील गरेको छ ।

यस्तो छ प्रक्ता शर्माद्दारा जारी ५ बुँदे सझाव सहितको ध्यानाकर्षण : 

(१) अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझैपनि ढिलाइ भइरहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ । पारदर्शी ढंगले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको बिषय हो । तर कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौं ।

(२) परिक्षण गर्ने केन्द्रहरु बिस्तार गरिनु सकारात्मक छ । तर -यापिड टेस्टको परिणाम भने विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा हामीले पिसिआर विधिको ब्यापकता बढाउन जरुरी छ । सोही बमोजिमको क्षमता अभिवृद्धि गर्ने कार्यमा तदारुकताको अपील गर्दछौं ।

(३) नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरुमै कोरोना परिक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेकोे र त्यसबाट संक्रमणले ब्यापकता पाउन सक्ने कतिपय देशको अनुभव देखिएको छ । बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न ।

(४) राजधानीको पेप्सिकोला स्थित सनसिटी अपार्टमेण्टका एक परिवारका दुई सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरुलाई गम्भीरता साथ लिन नेपाली कांग्रेस अनुरोध गर्दछ ।

(क) बेलायतबाट आएको २८ दिनपछि परिक्षण पोजिटिभ देखिनु तर पोजिटिभ देखिएका ब्यक्तिहरुमा बाह्य लक्षण नदेखिनु, हाम्रा सन्दर्भमा बिशेष रुपले गम्भीर बिषय हो । संक्रमित रहेका कतिपय मानिसमा बाहिर कुनै लक्षण नदेखिने तर संसर्गमा आएका कयौंलाई उसले भाइरस सार्न सक्ने चेतावनी विश्व स्वास्थ संगठनले केही अघिनै दिएको तथ्यलाई यहाँ गम्भीरता साथ स्मरण गर्न जरुरी छ ।

(ख) लक डाउन शुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करिब २ लाख नेपाली अव्यवस्थित ढंगले प्रवेश गरेका थिए । प्रवेश गरेका मध्ये १५ प्रतिशत भन्दा कम मात्रै क्वारेन्टाइनमा बसे । बिदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेण्टमा बसेकामा संक्रमण देखिएको स्थिति झैं बाहिरबाट आएर गाउँमा छरिएका कोहि कसैमा लक्षण नदेखिने Asymptomatics रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्दछ ।

(जस्तो कि धादिङमा संक्रमण देखिएका युवा ४० दिन अघि कोरियाबाट फर्किएको विवरण आएको छ ) । अतः परिक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पु¥याउन अनिवार्य भएको छ । अतः नेपाली कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील गर्दछ ।

(५) रौतहटमा संक्रमण देखिएका युवक लक डाउनको बेला पैदल हिंडेर नेपाल प्रवेश गरेको पुष्टि भएको छ । सरकारलेनै ब्यवस्थित तरिकाले निश्चित ठाउँबाट प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने बिषय बाहेक अब थप गम्भीरता नाकामा जरुरी भएको छ । लक डाउनको समयमा पनि कोहि लुकिछिपी प्रवेश गरेका या गर्न सक्ने नाका चाहे सुदुरपश्चिम कंचनपुरको महाकाली नगरपालिकासंग जोडिएका बनवासा, चक्रपुर या खटेमा होस् या सूदुरपूर्व मेची नगरपालिकाको नकलबन्दा, पाटापुर या सतिघट्टा होस् अथवा तराई–मधेस या हिमाल–पहाडको कुनैपनि नाका, नेपाल र नेपालीको रक्षाका लागि अब चौबीसै घण्टा विशेष सावधानीको अपिल नेपाली कांग्रेस गर्दछ गर्दछ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031