बिहिबार, बैशाख ६, २०८१

सरकारको तर्फबाट सञ्चार क्षेत्रका समस्या,राहत र सहकार्यको लागि कुनै सम्बोधन नहुनु दु:खद : महासंघ

सञ्चारगृहले आफ्नो सञ्चामाध्यमा कार्यरत पत्रकारलाइ कोभिड -१९ को संक्रमणबाट जोगाउन पर्याप्त सतर्कता नअपनाएको महासंघको जिकिर

लकडाउनका समयमा पत्रकारहरू बेरोजगार हुने क्रम बढ्यो

काठमाडौं चैत २८ , नेपाल पत्रकार महासंघले विश्वव्यापी महामारीको फैलिएको कोभिड १९ को जोखिमबाट सञ्चारगृहहरूले आफ्नो सञ्चामाध्यमा कार्यरत पत्रकारलाइ कोभिड १९ को संक्रमणबाट जोगाउन पर्याप्त सतर्कता नअपनाएको अनुमगनको क्रममा पाइएको जनाएको छ ।  महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टिमले उपत्यकाका करिब डेढ दर्जन सञ्चारमाध्यममा सञ्चारकर्मी तथा सञ्चारगृहका लागि केही स्वास्थ्य सामग्री समेत वितरण गर्दै गरेको स्थलगत अनुगमन गर्नेक्रममा यसकिसिमको समस्या पाईएको जनाएको छ । त्यस्तै महासंघले मुलुकमा जारी बन्दाबन्दी आदेशको समयमा गत चैत १० चैत २८ गतेसम्म भएका प्रेस स्वतन्त्रता हननका घटना सहितको अनुगमनको प्रारम्भिक प्रतिवेदन आज सार्वजनिक गर्दै यस्तो निष्कर्षको पहिचान गरेको हो ।

यस्तो छ महासंघको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन:

सार्वजनिक प्रतिवेदनमा महासंघले फिल्डमा खटिने संवाददाता, क्यामरा पर्सन र फोटो पत्रकार बढी जोखिममा रहेको उल्लेख छ। कार्यालयमा सञ्चारकर्मीका लागि सामाजिक दूरी कायम नगरिएको र कतिपय सञ्चार माध्यममा मास्क, स्यानिटाइजर र पञ्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध नगरिनुको अलावा लकडाउनमा ज्यान जोखिममा राखेर काम गरिरहेका सञ्चारकर्मीले सहजै मासिक पारिश्रमिक संगै अतिरिक्त कामबापतको पारिश्रमिकसमेत पाएको नदेखिएको उल्लेख गरिएको छ ।

साथै प्रतिवेदनमा लकडाउनका समयमा पत्रकारहरू बेरोजगार हुने क्रम बढेको उल्लेख गर्दै यसवीचमा काठमाडौंसहित धेरै जिल्लामा पत्रपत्रिका बन्द हुन पुगेकाले धेरै पत्रकारको रोजीरोटीमा समस्या परेको उल्लेख गरिएको छ ।  साथै महासंघले कोभिड–१९ को जोखिमका बीच नागरिकलाई सुसूचित गराइरहेका सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि राहत प्याकेज ल्याउन सरकारलाई सुझाव दिदै जोखिमपूर्ण स्थितिमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री, नियमित स्वास्थ्य परीक्षण, बिमा, सहज सूचना प्राप्तिको व्यवस्था गर्न सरकार र सञ्चार प्रतिष्ठानहरूलाई आग्रह गरेको छ।

महासंघले यसवीचमा पत्रकारिता क्षेत्रमा देखा पर्नसक्ने समस्याहरुको पहिचान गरी समाधानका लागि सहजीकरण एवम् समग्र अवस्थाको अनुगमन र संयोजन गर्न अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा उपाध्यक्ष विपुल पोखरेल, दिलिप थापा र महासचिव रमेश विष्ट रहेको समन्वय समिति गठन गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।