शनिबार, कार्तिक ८, २०७७

स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने कुनै निर्णय मन्त्रालयले नगरेको प्रवक्ता देवकोटाको प्रष्टोक्ति

  • थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिनुको अलावा यसअघि सङ्क्रमितको अवस्था समेत सामान्य रहेको जनाउ

  • सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह

काठमाडौं चैत २८, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजको प्रेस ब्रिफिङमा कैलाली, कञ्चनपुर, कपिलवस्तु र बागलुङमा हालसम्म गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको जानकारी दिदैथप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिनुको अलावा यसअघि सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी दिनु भएको छ ।

साथै उहाँले कैलालीमा ३३९, कञ्चनपुरमा ३७ , कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ जानकारी दिदै पछिल्लो २४ घन्टामा परीक्षण गरिएको ६३० जनाको नतिजासमेत नेगेटिभ आएको बताउनु भएको छ। त्यस्तै उहाँले मुलुकको विषम अवस्थामा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवा बाहिरका र सेवा निवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरेको जानकरी दिदै स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गर्नुभएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.28 #COVID-19

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.28#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Freitag, 10. April 2020

साथै प्रवक्ता देवकोटाले यसवीचमा नेपालभरि  ७   हजार ९४०  जना क्वारेन्टाइनमा छन् । आइसोलेसनका  ११७ रहेको जानकारी दिदै प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031