बुधबार, बैशाख १२, २०८१

निजी क्षेत्रका चिकित्सकलाई सरकारी अस्पतालमा सेवा दिन आव्हान , राष्ट्र बैंकको गभर्नरमा अधिकारी नियुक्त

कोभिड-१९को संक्रमणको सम्भावित भएका व्यक्तिलाइ -यापिड डाइनाष्टिक टेष्ट गर्दै ७ दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नुपर्ने निर्णय व्यक्ति होम क्वारेनटाइनमा बसे नबसेका बारे स्थानीय तहले निगरानी गर्ने  निर्देशन

काठमाडौं चैत २४ ,आज बसेको सरकारले मन्त्रिपरिषद्को बैठक मार्फत कोभिड–१९ नियन्त्रणका लागि जारी लकडाउन आदेह आगामी वैशाख ३ गते राति १२ बजेसम्मका कायम राख्ने निर्णयको संगै निजी क्षेत्रका चिकित्सकहरुलाई सरकारी अस्पतालमा सेवा दिन आव्हान गरेको छ । त्यस्तै यसरी सेवा दिने निजी क्षेत्रका चिकित्सक सरकारी सेवा सुविधाको व्यवस्था  उपलब्ध गराइने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी बताउनु भएको छ ।

त्यस्तै प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले कोरोनासम्बन्धी उपचारमा संलग्न हुने स्वास्थ्य स्वयंसेविकालाई पनि सरकारी सुविधा उपलब्ध गराउने निर्णय समेत गरेको छ । साथै कोभिड- १९को संक्रमणको सम्भावित भएका व्यक्तिलाइ -यापिड डाइनाष्टिक टेष्ट गर्दै ७ दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नुपर्ने निर्णय  समेत गरेको छ । साथै यसरी टेष्ट गरेका व्यक्ति होम क्वारेनटाइनमा बसे नबसेका बारे स्थानीय तहले निगरानी गर्ने गरि निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले नेपाल राष्ट्र बैंकका गभर्नरका लागि क्रमस महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव राजन खनालको नाम सिफारिस गरेकोमा सरकारले ३ जनामध्ये अधिकारीलाई नियुक्त गरेको सरकारका प्रवक्ता डा खतिवडाले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।