बिहिबार, चैत्र १५, २०८०

अविलम्व पत्रकारका लागि राहत प्याकेज घोषणा गर्न माग (अपिल सहित)

काठमाडौं चैत २४ , नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको यस जोखिमपूर्ण समयमा देशभर कार्यरत सञ्चारकर्मीहरुको सुरक्षा र सुविधाका लागि विशेष पहल गर्न आग्रह गरेको छ ।

प्रदेश समितिका महासचिव श्रीजन झाद्वारा जारी अपिलमा  कोभिड–१९ को जोखिम कारण उत्पन्न परिस्थितिमा पनि जनताको सूचना र समाचारको अधिकारलाई अक्षुण्ण राख्दै आफ्नो कर्म क्षेत्रमा निरन्तर क्रियाशील प्रदेश समिति आवद्ध र सवै सञ्चारकर्मीमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

त्यस्तै अपिलमा मुलुक लकडाउनको अवस्थामा रहेको संकट एवम् जोखिमपूर्ण स्थितिमा क्रियाशील सञ्चारकर्मी र सञ्चारमाध्यमको लागि विद्युत, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था  गर्न माग गरिएको छ ।

त्यस्तै लकडाउन अवधिमा प्रकाशन आवद्ध पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन  भुक्तानी ,  पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बीमा, निःशुल्क उपचार र जोखिम मोलेर कार्यक्षेत्रमा खटिने श्रमजीवि पत्रकारका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री सहित तत्काल राहत प्याकेज घोषणा गर्दै सहजता प्रदान गर्न किमार्थ विलम्न नगर्न महासंघ उपत्यका प्रदेश समिति सरकारको विशेष ध्यानाकर्षण सहित जोडदार माग गरिएको छ ।

साथै प्रदेश समितिआवद्ध एवम् सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई आफू सुरक्षित रही कोरोनाको संक्रमण नियन्त्रणमा सघाउ पु-याउने गरी सचेतनामूलक सामग्री प्रवाह गर्ने आफ्नो दायित्वपूरा गर्दै सजग रहन समेत आव्हान समेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।