मङ्लबार, बैशाख ११, २०८१

उपत्यकाबाट लकडाउन आदेशको अवज्ञा गर्ने १ हजार ८०७ जनालाई कारवाही

काठमाडौं चैत २३ , नेपाल प्रहरीले कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर जारी गरेको लकडाउनको आदेशको उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई कारवाही गरिएको छ ।

प्रहरीका अनुसार उपत्यकामा लकडाउन अवज्ञा गरेका कारण कारवाहीमा परेकाहरु क्रमस काठमाडौं बाट एक हजार ३८६, ललितपुरबाट २२४ र भक्तपुरबाट १७८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै यसरी कारवाहीको क्रममा उनिहरुलाइ प्रहरीले ३ घण्टा कोरोनाका बारेमा शिक्षा दिदै छोड्ने गरेका छन ।

त्यस्तै आज दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।