बिहिबार, चैत्र १५, २०८०

लकडाउनमा लचकता :निर्धारित स्वास्थ्य मापदण्डको दायरामा उद्योग र आयोजना सञ्चालन गर्न दिइने

काठमाडौ चैत २०, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने गरी जारी गरेको आदेश ‘लकडाउन’ को आज १०औँ दिनमा बसको समितिको बैठकले मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने भए त्यसलाई पनि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

साथै सरकार प्रवक्ता एवम सञ्ञारमन्त्री युवराज खतिवडाले स्थानीय प्रशासनको सहजीकरणमा तामाकोशी, मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजनाको काम पनि सुचारु गर्न सकिने निर्णय आजको बैठकले गरेको जानकारी दिदै आयोजनामा बाहिरबाट आउँने नयाँ कामदारलाइ रोक लगाउँदै यसअघि जोडिएका कामदारलाई सुरक्षित राखेर काम गराउन सक्ने त्यस्तै कृषि कार्य गर्ने विषयमा पनि स्थानीय र पारिवारिकरुपमा बाली लगाउन र उठाउनका लागि अवरोध नगर्ने निर्णय भएको बताउनु भएको छ ।

त्यसैगरि समितिको बैठकले   नेपाल भारत सीमास्थित क्‍वारेन्टाइनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा राखेर मात्रै सिमा पार गर्न दिने   व्यवस्था मिलाउने निर्णय संगै  नेपालमा भएका विदेशी श्रमिकलाई सरकारले आवश्यक सुरक्षा दिने निर्णय गर्दै विदेशमा भएका नेपालीलाई पनि सुरक्षितरुपमा राखेकामा ती मुलुकलाई धन्यवाद दिदै उनिहरुको नेपा प्रवेशको हकमा भने १४ दिन भने क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो । स्वास्थ्य सामग्री खरिदका सवालमा भने यो वा त्यो भन्नु भन्दा पनि यस विषयमा के भएको हो त्यसको अनुसन्धान गर्ने निकाय छुट्टै भएकाले आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।