बिहिबार, बैशाख १३, २०८१

चन्द्रागिरिमा विदेशबाट आएका १५२ जना व्यक्तिको तथ्याङ्क अभिलेखिकरण

काठमाडौं चैत २०, विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । नगरप्रमुख घनश्याम गिरीका अनुसार नगरपालिकाले १५२ जनाको नामवली सङ्कलन गरेको हो ती सबैलाई ‘होम क्वारेन्टाइन’ राखिएको जानकारी दिदै उहाँले यसवीचमा नगरपालिकाभित्र रहेका विपन्न , अतिविपन्न, असाहय, गरिब, अनाथ र मजदूरका लागि राहत वितरण मापदण्ड समेत स्वीकृत गरिएको जानकारी दिनु भएको छ ।

स्वीकृत मापदण्ड अनुसार तीन जनाको परिवारलाई १० केजी चामल, १ केजी दाल, १ केजी नुन, २केजी च्यूरा, १ किलोग्राम चिनी र दुई पिस साबुन रहेको बताउानु भएको छ । साथै प्रस्तुत राहत लिनको लागि पिडितले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या, आफूले गर्दै आएको काम, घरवेटीको नाम र घरबेटीको नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

यसैवीच नगर प्रमुख गिरीले थानकोट अस्पताल र दहचोकमा रहेको मनमोहन अस्पताललाई क्वारेन्टाइन बनाउने विषयमा छलफल भइरहेको जनाउ दिदै नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म र भित्री बजार क्षेत्रमा किटनाशक औषधि छर्किर्ने र मजदूर तथा विद्यार्थी  घर जानका लागि   बसको व्यवस्थापन गरेको बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।