बुधबार, बैशाख १२, २०८१

बाग्लुङकी थप एक महिलामा देखियो कोरोना पोजेटिभ

काठमाडौ चैत २० , गत चैत ४ गते कतार एअरवेजको उडान ६५२ बाट चैत ४ गते नेपाल आएकी बाग्लुङकी थप एक ६५ वर्षीया महिलामा संक्रमण देखिएको छ । यो संक्रमण संगै नेपालमा नेपालमा कोरोना संक्रमणको सख्या छ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयको नियमित आजको मिडिया ब्रिफिङमा मन्त्रालयका  प्रवक्ता डा . विकास देवकोटाले नयाँ संक्रमित भेटिएको जानकारी दिनु भएको हो ।

त्यस्तै उहाँले अहिलेसम्म संक्रमण भेटिएका सबै ब्यक्ति विदेशवाट नेपाल भित्रनेहरु रहेका छन । यसअघि सोही विमानमा आएका दुई जना युवतीको रिपोर्ट पोजेटिभ पाइएको जानकारी दिदै तीमध्ये १ जना टेकु अस्पताल र अर्की बागलुङस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत रहेको जानकारी दिनु भएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.20

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.20#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Donnerstag, 2. April 2020

त्यस्तै युएइबाट आएका अर्का एक जना सेती प्रदेशिक अस्पतालमा र अर्का व्यक्ति टेकु अस्पतालमा उपचाररत जानकारी दिदै उहाँले पछिल्लो चौबिस घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ सय ८४ वटा परीक्षण भइसकेको छ । ४३ जनाको परीक्षणको क्रममा रहेको जनायँदै  उहाँले   देशभरिमा १ सय ५ जना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेको जानकारी दिनु भएको छ । चीनबाट आएका एक जना भने  यसअघिनै निको भइ घर फर्किसकेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।