शुक्रबार, चैत्र १६, २०८०

ओम्नी समूहसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द, ५ करोड धरौटी जफत, कम्पनी पनि कालोसूचीमा

काठमाडौं चैत १९,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागले  चीनबाट मेडिकल सामाग्री खरिद गर्न ओम्नी समूहसँग गरेको उपकरण खरिद सम्झौता  चौतर्फी दवाव पछि रद्द गरेको छ ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले मन्त्रालयमा कोभिड – १९  जानकारी दिने आयोजित मिडिया ब्रिफिङ ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसकेको , दिएका सामाग्रीहरु पनि कमसल र खरिद गरिएको सामाग्री उच्च मूल्यको रहेको कारण देखाउँदै उपकरण खरिद सम्झौता रद्द गरिएको प्रष्टोक्ति दिनु भएको हो ।

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.19

Novel Coronavirus (COVID-19) Media Briefing 2076.12.19#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Mittwoch, 1. April 2020

 

त्यस्तै सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको जनाउ दिदै महानिर्देशक श्रेष्ठले कम्पनीलाइ कालोसूचिमा राख्ने प्रक्रिया अधि बढिसकेको समेत बताए । त्यस्तै महानिर्देशक श्रेष्ठले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरे । स्मरण रहोस सरकारले गत चैत ११ गते १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।