शुक्रबार, चैत्र १६, २०८०

कोभिड- १९ का कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, आठ लाख ५७ हजार बढी संक्रमित

काठमाडौं चैत १९, विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । ८ लाख ५७ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वभर १ लाख ७७ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै अमेरिकामा मात्रै संक्रमितको संख्या १ लाख ८७ हजार नाघेको छ भने ३ हजार ८ सय ६० जनाको मृत्यु भइसकेको छ । यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । त्यहाँ १२ हजार ४ सय २८ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या स्पेनमा ९५ हजार ९ सय ना३नुको अलावा ८ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै जर्मनीमा संक्रमितको संख्या ७१ हजार ८ सय नाघेको छ भने फ्रान्समा संक्रमितको संख्या ५२ हजार नाघेको छ भने फ्रान्समा मृत्यु हुनेको संख्या तीन हजार ५ सय नाघेको छ भने इरानमा संक्रमितको संख्या ४४ हजार ६ सयभन्दाबढी पुगेको छ भने २ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

साथै बेलायतमा २५ हजार १ सयभन्दा बढीलाई संक्रमण देखिएको छ भने १ हजार ७ सय ८९ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा एक हजार ९ सय, भारतमा एक हजार ४ सयभन्दा बढी संक्रमित रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।