शनिबार, बैशाख ८, २०८१

आज चैते दशैै : शक्ति स्वरुपा भगवतीको पूजा आराधना घरघरमै सिमित , हनुमानढोका दरवारको बलि पूजा पनि रोकियो

काठमाडौं चैत १९, आज चैत्राष्टमी अर्थात चैते दशैं आज नेपालीले घर – घरमा शक्ति स्वरुपा देवी नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

आजको दिन देशभरका शक्तिपीठ क्रमस उपत्यकामा गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई,कंकेश्वरी र उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायतका शक्तिपीठ संगै दुर्गा भवानीको मन्दिरमा विशेष पूजा अर्चना सहित बली पूजा समेत हुने भएपनि यसपटक विश्वव्यापी कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिने सक्ने त्रासकाका कारण सरकारले बन्दाबन्दी अर्थात लकडाउनको आदेश जारी गरेकाले शक्ति स्वरुपा देवी नवदुर्गा पूजा अर्चना घरघरमै सिमित भएका छन ।

वर्षको दुईपटक चैत र आश्विनमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको हिन्दु धर्मशास्त्रहरुमा उल्लेख छ । त्यस्तैगरि आजका दिन हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिने परम्परागत चलन रहिआएपनि कोभिड-१९कै त्रासका कारण हनुमानढोका दरबारस्थित दशैँ घरमा समेत यस वर्ष पूजा मात्र हुने बलि पूजा रोकिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।