शुक्रबार, बैशाख ७, २०८१

१ दर्जन काँग्रेस केन्द्रीय सदस्यले भने- सरकार ! सुरक्षाकर्मीको तलव कट्टा होइन सांसद विकास कोषबाट खर्च गर

काठमाडौ चैत २८ , विश्वव्यापी कोभिड- १९ को संक्रमणको बढ्दो जोखिमसंगै नेपाली काँग्रेसका एक दर्जन केन्द्रीय सदस्यले सामुहिक ध्यानाकर्षण पत्र जारी गर्दै विभिन्न विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।  ध्यानाकर्षणको क्रममा उनिहरुले परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि थप प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन ।

साथै धयानाकर्षणमा स्वास्थ्यकर्मीलगायत उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बीमा र भत्ताको व्यवस्था गर्न सरकारसँग माग गर्दै अहोरात्र जनसेवामा खटिरहेका सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने जस्ता कामबारवाही नगरी मुलुकको विषम परिस्थितीमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले स्थापना गरेको आर्थिक कोषमा सांसद विकास कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रण कोषमा दाखिला गर्न माग गरेको छ ।

त्यस्तै दैनिक ज्याला मजदूरी गर्ने, आर्थिकरुपमा विपन्न र ज्येष्ठ नागरिकका लागि यथोचित राहतको व्यवस्था गर्न, सङ्कटको मौका छोपी मौलाउँदै गरेको कालाबजारी सहित भ्रष्टाचारमा मुछिएकालाइ कारवाही गर्न माग गर्दै काँग्रेस केन्द्रीय सदस्यहरु क्रमस डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवलगायतले यस्तो अपिल जारी गर्नुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।