बिहिबार, बैशाख १३, २०८१

१३ न. वडाका विपन्न स्थानीयलाइ राहत वितरण

काठमाडौं बैशाख १२ , कोभिड – १९ को उच्च जोखिम रोकथामका लागि  जारी लकडाउनका कारण प्रताडित कामपा वडा न. १३ का विपन्न स्थानीयलाइ आज राहत वितरण गरिएको छ ।

संगठीत महिला फो व्यवस्थापन सहकारी, कर्मदिप बचत तथा ऋण सहकारी र संविधान सभाका पूर्व माननीय राज्यलक्ष्मी श्रेष्ठको सयुक्त सहकार्यमा कामपा १३ न. वडाको क्रमस भिममुक्तेश्वर, सोल्टीमोड र वाफल क्षेत्रमा बस्ने ७५ जना स्थानीय  विपन्न परिवारलाइ खाद्यान् लगायतका राहत सामाग्री वितरण गरिएको हो ।

राहत हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगर वडा न.१३ को राहत वितरण समिति अन्र्तगत रहेको समन्वय समितिका सदस्य सुरेन्द्र मानन्धरको उपस्थितीमा राहत वितरण गरिएको राहत वितरण कार्यक्रमका संयोजक तथा सामाजीक अभियन्ता रमिला शाक्य श्रेष्ठले जानकारी दिनु भएको छ । कार्यक्रममा संगठीत महिला फो व्यवस्थापन सहकारीका अध्यक्ष  रश्मी खनाल, कर्मदिप सहकारी संस्थाका अध्यक्ष सुवोध प्रधान ,विपद् व्यवस्थापन समितिका सदस्य बालकृष्ण महर्जन ,विनोद डंगोल लगायतको उपस्थिती रहेको थियो ।

यसैवीच संगठीत महिला फो व्यवस्थापन सहकारीले आजै सहकारीका विपन्न ३१ जना बचतकर्ता सदस्य समेतलाइ राहत वितरण् गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।