शनिबार, बैशाख ८, २०८१

स्वास्थ्य लाभको कामना सहित वरिष्ठ सञ्चारकर्मी वाग्लेलाइ औषधि

काठमाडौं बैशाख १२ , नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्र्तगत रहेका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका वरिष्ठ सञ्चारकर्मीलाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराउने कार्यलाइ आज पनि निरन्तता दिएको छ ।

विश्वव्यवापी कोभिड – १९ संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको ‘लकडाउन आदेशका कारण औषधि प्राप्तिमा असहज नहोस भन्ने लक्ष्यका महासचिव श्रीजन झाको संयोजकत्वमा फोकल पर्सन समितिका कोषाध्यक्ष टेनिस रोका, समिति सदस्य सागर पन्त रहने गरि बनाईको सहजीकरण समितिले आज काठमाडौं पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ सञ्चारकर्मी इश्वरी वाग्लेलाइ यती केमका तर्फबाट प्राप्त युरिम्याक्स ०ं.४ , फिनक्येर ५ एमजी औषधि उहाँको धापासीस्थित निवासमा पुगेर स्वास्थ्य लाभको कामना सहित उपलब्ध गराएको हो ।

यसअघि समितिले महासंघ काठमाडौं शाखाका वरिष्ठ सदस्य चक्रपाणि नेपाल र सोहि शाखाका अर्का सदस्य नेत्र बहादुर हमाल र मनोज सार्थकलाइ पनि प्राप्त जानकारी अनुरुप औषधि व्यवसायीहरुसंगको सहकार्यमा उहाँहरुले प्रयोग गरिरहेको औषधि उपलब्ध गराउदै स्वास्थ्य लाभको कामना गरिएको महासचिव झाले जानकारी दिनु भएको छ ।

औषधि हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, महासंघ काठमाडौका सदस्य निरजरञ्जित , फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।