बिहिबार, बैशाख १३, २०८१

सरकार र पार्टी वीच देखिएको अन्तर्विरोध र शक्तिसंघर्षकावीच नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं बैशाख १६ , सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि सचिवालय बैठक वोलाईएको हो ।

आजको बैठकमा मुलत सरकारका पछिल्ला विवादास्पद कदम अन्र्तगत गुठी विद्येयक मुद्रण प्रेस खरिद प्रकरण , दल विभाजन अध्यादेश सासंद अपरहण प्रकरण र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश संगै पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको विषयगत एजेन्दामा छलफल हुने बताईएको छ ।

सरकार र पार्टी वीच देखिएको अन्तर्विरोध र शक्तिसंघर्ष चुलिदै गर्दा आजको बैठकले कस्तो निष्कर्ष निकाल्ने हो त्या भने प्रतिक्षाको विषय भएको छ ।  यदि आजको बैडकले प्रस्तावित एजेन्दामा निकास दिन सकेन भने नेकपाभित्र अन्तर्विरोध र शक्तिसंघर्ष परकम्पनले ठूलै हल्लीखल्ली हुने संभावना रहेको सम्वद्ध स्रोतको दावी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।