शुक्रबार, बैशाख ७, २०८१

सरकारलाइ विषम अवस्थाको समयमा पूर्वाग्रही प्रवृति नदेखाउ : काँग्रेस

काठमाडौ बैशाख ७,  काँग्रेस पदाधिकारीको आज बसेको बैठकले विश्वव्यापी कोभिड महामारीको यस विष्म परिस्थितीमा सरकारको तर्फबाट स्थानीय तहमार्फत लकडाउनका कारण अप्ठ्यारोमा परेका नागरिकलाई वितरण गरिएको राहतमा पूर्वाग्रही प्रवृति बढेको निष्कर्ष सहित राहत वितरणको क्रमममा र विष्म अवस्थाको समयमा पूर्वाग्रही प्रवृति त्याग्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ ।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा लकडाउन लम्बिएका कारण दैनिक रोजगारी सहित जीवनयापन गर्ने नागरिकको समुचित व्यवस्थापनमा सरकार उदासिन भएको उल्लेख गर्दै बैठकले अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै काँग्रेस पदाधिकारी बैठकले साना ठूला सबै व्यवसायीले व्यहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहादेखि ब्याज घटाउनेसम्मको निर्णय संगै परीक्षणको दायरा र गति बढाउन र यसवीचमा स्वास्थ्यकर्मीलाई कतिपय ठाउँमा हतोत्साहित गर्ने व्यवहार भएका विषयलाई गम्भीरतापूर्वक लिँदै बैठकले त्यस्तो स्थिति दोहोरिन नदिन एवं स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच कहीँ पनि असमझदारी उत्पन्न हुन नदिने परिस्थिती निमार्णका लागि सरकारको ध्यानाकर्षण गराउने निर्ण समेत गरेको छ । त्यस्तै लकडाउन लम्बिनुसँगै खाद्यान्नको अभाव बढ्दै जाने स्थिति दृष्टिगत गरेर अत्यावश्यक खाद्यान्न उत्पादनका लागि स्थानीय सरकारमार्फत जरुरी छलफल, कृषकको स्वास्थ्य परीक्षण एवं कृषि क्षेत्रलाई आवश्यक राहतसम्मको प्रबन्ध गर्न माग   गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।