बिहिबार, बैशाख १३, २०८१

सरकारका नाममा सर्वोच्चको नौबुँदे परमादेश

काठमाडौं चैत २५ , सर्वोच्च अदालतले सीमामा रोकिएका सबै नेपाली नागरिकलाई नेपाल ल्याउदै  उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा   राख्ने व्यवस्था मिलाउन     सरकारका नाममा  परमादेशलाई   दिएको छ ।

सर्वोच्चले ३ वटा रिट निवेदनमाथि छुट्टाछुट्टै सुनुवाइ गर्दै अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशले सरकारका नाममा सोमबार नौबुँदे परमादेश जारी  हो ।   त्यस्तै जारी परमादेशमा   १६४५ वटा कोरोना भाइरस संक्रमणको परीक्षण गरेकोमा त्यसको दायरा बढाउन , क्वारेन्टाइको      अवस्था पनि  डब्लुएचओको मान्यताअनुसार स्तरोन्नति गर्न, भेन्टिलेटरको संख्या बढाउन, निजी अस्पतालका चिकित्सकका लागि पीपीईलगायत सुरक्षा सामग्री तत्काल व्यवस्था गर्न पनि आदेशमा भनिएको छ ।

साथै  कोभिड -१९ को बाहेकका समस्याको  उपचारका लागि  छुट्टै अस्पताल व्यवस्था गर्न पनि सर्वोच्चले सरकारलाई  आदेश दिदै  कृषिकार्यमा राहत दिन, दैनिक ज्यालादारीका लागि राहत व्यवस्था गर्न  तल्लो वर्गका लागि राहत प्रभावकारी बनाउन  आदेश दिएको  छ ।


तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।