शुक्रबार, चैत्र १६, २०८०

समिट हस्पिटलको फार्मेसीलाई २ लाख जरिवाना

काठमाडौं बैशाख ५ , वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ ।  विभागले अनुगनमका क्रममा उक्त फार्मेसीमा बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएसंगै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल रु दुई लाख जरिवाना सहितको कारवाही गरेको हो ।

त्यस्तै विभागले उपभोक्ता ठगी गरेको आरोपमा बानेश्वरस्थित न्यू धनुषा फिस हाउसलाई रु ५० हजार जरिवाना गरेको जनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।