शनिबार, बैशाख ८, २०८१

सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न युनियनको माग

काठमाडौं बैशाख १२ , प्रजातान्त्रिक विचारधाराका पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले कोभिड संक्रमणको जोखिम न्यस्निकरणका लागि सरकारले जारी गरेको लकडाउनसंगै कोभिड संक्रमणको महामारीले निम्त्याएको संकटमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलद्दारा जारी विज्ञप्तिमा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने, बेतलवी बिदामा बस्न निर्देशन दिने गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउ सहित यी यस्ता प्रवृतिले सञ्चारक्षेत्रमा गम्भीर समस्या सिर्जना भएकै कारण राहत प्याकेजको माग गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सञ्चार प्रतिष्ठानहरुले नै यसरी पत्रकारहरुलाई जागिरबाट निकाल्ने हो भने, लम्बिदै गएको लकडाउनका कारण भोली अन्य उद्योगहरुले श्रमिकलाई कामबाट निकालेका समाचार सञ्चारमाध्यमहरुले सम्प्रेषण गर्ने नैतिकता कहाँ रहला भन्दै सञ्चारकर्मीका प्रस्तुत समस्याका सवालमा गम्भिर रुपमा सम्बोधन गर्न युनियनले माग गरेको छ । साथै समस्यामा रहेका संचारकर्मी र संचारगृहहरुलाई युनियनले केन्द्रीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति र प्रतिष्ठान समितिहरुलाई सम्पर्क गर्न समेत आग्रह  गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।