मङ्लबार, बैशाख ११, २०८१

सङ्कटको यस समयमा लकडाउनको पालना गर्न र समदूरी कायम गर्न सभापति देउवाको आग्रह

काठमाडौ बैशाख १ , नववर्ष २०७७ आगमननको अवसरमा शुभकामना दिदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।

साथै उहाँले आफुनो सन्देशमा काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रूपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यतिबेला सम्पूर्ण विश्व नै प्राणघातक कोभिड–१९ बाट आक्रान्त रहेको र यस वर्षको अन्तिम दिनसम्म विश्वका करीब १८ लाख व्यक्ति संक्रमित तथा एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको दुःखदायी घटना विश्वले व्यहोर्नुपरेको उल्लेख गर्दै संक्रमणका कारण विदेशमा १४ नेपालीको मृत्यु, ६६५ जना संक्रमित तथा स्वदेशभित्र पनि १२ जनामा कोरोना पोजिटिभ देखिएको घटना हाम्रो सामु विद्यमान रहेको यस विषम  अवस्थामा संक्रमणविरुद्ध सबै एकजुट भएर लड्न आवश्यक रहेकामा जोड दिँदै लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएरसंयम र एकताका साथ कार्य गर्न र गराउन सबैमा आग्रह गर्नुभएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।