शुक्रबार, चैत्र १६, २०८०

श्रमजीवी पत्रकारलाई पारिश्रमिक दिन र र सेवाबाट हटाउने काम नगर्नु : पारिश्रमिक निर्धारण समिति

काठमाडौ बैशाख ११,  न्यूनतम् पारिश्रमिक निर्धारण समितिले विश्वव्यापी कोभिड १९का उच्च जोखिकावीच स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै फ्रन्ट लाइनमा कार्यरत पत्रकार र कामदारलाई कतिपय सञ्चार गृहले समयमा पारिश्रमिक नदिएको र जागिरबाट समेत हटाउने काम गरेकामा गम्भीर चासो व्यक्त गरेको छ ।

समितिका अध्यक्ष राजेन्द्र अर्यालले एक विज्ञप्ति जारी गरी यस्तो विषय स्थितीमा कार्यरत्र पत्रकारलाई समयमा पारिश्रमिक नदिँदा र सेवाबाट हटाउँदा पत्रकार र कर्मचारीहरु आर्थिक समस्या झेल्न बाध्य हुनुको अलावा दैनिक जीवनयापनमा समेत समस्या भएको बताउँदै तत्काल पारिश्रमिक संगै प्रोत्साहन भत्ता समेत उपलब्ध गराउन माग गरेको छ ।

त्यस्तै विज्ञप्तिमायो वा त्यो वहानामा संकटको घडिमा सञ्चारगृहबाट पत्रकार, कामदार र कर्मचारीलाई कामबाट हटाउने कार्य तत्काल रोक्न समेत भनिएको छ, ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।