शुक्रबार, बैशाख १४, २०८१

शुक्रवार जनकपुरमा रुपैया छर्दै फरार भएकी आमुना र अलिना खातुन पक्राउ

अपडेट : शनिवार २१:३०  कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट गरिएको रिपोर्ट आउन् बाँकीरहेको बताईएको छ ।

काठमाडौं बैशाख ६ , शुक्रवार मध्यान्ह जनकपुरस्थित महावीरचोकको बाटोमा नेपाली रुपैया छरेर फरार भएकी महिलाद्दयलाइ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ परेका ती दुइ महिला जनकपुर उपमहानगरपालिका वडा नं ७ निवासी एकाभरका भाउजु र नन्द आमुना खातुन र अलिना खातुन रहेको बताउँदै किन रुपैया छरेर फरार भइन भन्ने सवालमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

ज्ञातत रहोस यी दइ महिलाले विश्वव्यापी कोभिड संक्रमणको उच्च जोखिम रहेको अवस्थामा नेपाली नोट छरेर फरार भएका थिए । तर प्रहरीको सक्रियताको अगाडि आज दिनदाहदै समाजमा आतंक सिर्जना गर्ने नन्द भाउजुलाइ आज पक्राउ गरिएको हो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।